“बा” मैले हेरेको केटि : नेपोलियन घिमिरे

नेपोलियन घिमिरे
जेष्ठ ९, २०७८

जिन्दगिमा धेरै कथा पढे, केही आफै पनी लेखे
कसैको कथामा जीवन जलेको पाए, कसैको सुखमय बनेको पाए तर कल्पना समेत गरेको थिइन कि एकदिन म आफ्नै कारुणिक कथा लेखेर तपाई माझ पस्किन्छु भनेर र आज म आफै एउटा कथा बनेको छु बा।

अझै प्रष्ट याद छ बा मलाई उन्को सेतो सर्ट संगै चम्किएको सफेत मुस्कानले मेरा काला आखाहरूलाई कसरी उनि तिर तानेका थिए। आज पनि परेली बीच पजल बनेर उन्कै तस्बिर अल्झिरहेछन । जता ति पजल घुमाए पनी उन्को त्यो मुहारको आकृतिमा एक मासा पनी म झुक्किने छैन बा ।
यो आँखाले त सारा संसार देख्छ तर यो कल्पनामा उनीलाई मात्र पाउछु , कसैलाई पाउने कल्पनाको सुख यती आनन्ददायी हुने रैछ कि जतिबेलै कोहि नसामा डुब्नेले होस, आकासमा चरा झैँ उड्न पाउदाको आनन्द यात भनौ सुनसान ठाउमा समधुर चराका आवाज सहित सलल बगेको त्यो खोलाको आनन्द आवज होस त्यो भन्दा सयौ गुणा आनन्ददायी हुने रैछ कल्पनाको सन्सार।
उन्को काल्पनामा हराउदा म एकै छिनमा सुन्दर ठाउहरुमा पुग्छु ,उनिसगै घुमेको कल्पना गर्छु उनीलाई नै भौतिक तथा मानसिक सुखमा मोहित भएको आवास दिलाउछु र उन्को कल्पनामा म आफै हराउछु,आफुमा हराउनुको मजा नै बेग्लै हुने रैछ बा।

उन्को प्रत्येक हाउभाउ,बोलिचालिमा मिठास छ,
बोल्दा देखिने ति मिलेका दन्तलहरमा म मोहित छु,
अहिलेको आधुनिक समाजमा उनि मस्त उभिन सक्छिन र तपाइले खोज्ने व्यवहारिक सास्कृतिक आधारमा पनी म उनीलाई अब्बल रुपमा देख्छु।

उन्का प्रत्येक ब्यबहार केलाउदा म फरक फरक आभास पाउछु, तपाइको पुस्ताले खोझेझैँ आएका पाहुनालाई आधार सम्ममान गर्न, घरायसी तथा सामाजिक काममा पनी चासो लाग्ने ऊनी एक गुण युक्त नारी छिन र मेरा लागि आघुनिक समय अनुसारकि केटी जो नयाँ ठाउँ घुम्ने, नयाँ सरसमान किन्ने,आफुलाई शारिरिक रुपमा राम्री देखिन पनी पछि नपर्ने छिन।

म सग बिताएका प्रत्यक पलमा उनीलाई सधै सुन्दर देख्छु, सम्झनाहरु सधै मनभित्र बास बस्दा रहेछन जति कल्पना गर्यो त्यति स्पर्स गरेर हवासगै आनन्द दिएर जादा रहेछन ।
उचाइमा म भन्दा केही होची ,लाम्चो अनुहार र गोरी बण भएकी सरोबरको सौन्दर्यमा सम्मोहित बनेर सरोबरबाट निस्किएर मरै लागि आएकी हुन झैँ लाग्छ मलाई।

साच्चै भन्न पर्दा तपाइले कोहि अपरिचित केटिको असल ब्यबहार देख्दा यस्ती केटि खोज्नु है छोरा भनेको भन्दा धेरै गुणमा योग्य छिन “बा” उनि।

म सग गफ हुदा बहुत खुसि पाएको अनुभब गर्छु, म पनी उन्का गफामा मिठास पाउछु,उनमा हराउछु बिलाउछु उनीलाई पनी अहिलेको समयमा चलेको जस्तो प्रेम गर्नु नै छैन रे जहाँ दुबैजनालाई एक अर्काको बानी थाहा होस एक अर्कालाई प्रस्ट रुपमा बुझेपछि मात्र गरेको प्रेममा रुचि छ रे ठ्याक्कै मेरो सोच जस्तै।
साझमा बत्ति नबल्दै झ्याल ढोकामा चुकुल हालेर निसफिक्र निदाएको बेला सपनामा आउने उन्को यादले सताई रहन्छ बा।

गुलाब र कमलका बोटहरुमा झुलेका राता र सेता फुलहरु देख्दा आझ भोलि नै उनीलाई लगेर दिई हालु हुन्छु।
जीवन सधैं ताजा कोठामा सजाएको फुलजस्तो र झरनाबाट खसेको पानीजस्तो कन्चन पनी हुदैन रैछ।
कहीले रात, कहीले दिन जस्तै परिवर्तन शिल रैछ जिवन।

नदि जस्तै जीवन कहीले पहाड त कहीले तराइ तिर बगे जस्तै रहेछ। कहिले मरुभूमि, कहीले हरियाली बन, कहीले गाउँ त कहीले सहर भएर एकदिन एउटा सागर बन्ने यो जिन्दगिको यात्रामा साथ दिने अफ्ठ्यारा चट्टानमा साथ दिने सहयात्री उनीलाई बनाउन मन छ बा मलाई ।

आखा चिम्ले पनी, आखा खोले पनी हरपल याद आहिराहने मेरो प्रेम कसरि उनिमाझ पस्किउ…?
यि छाति भित्र उनि प्रति उर्लिएका प्रेम भाव कसलाई पोखु..? नपोखु भने कतै मनभित्र बिस्फोट भएर आफै बर्बाद हुन्छु कि भन्ने डर लाग्छ त्यसैले आज तपाइको सामु मेरो उनि प्रतिको प्रेम यहिँ लेख मार्फत प्रस्तुत गरे बा मलाई आशीर्वाद दिनुहोस ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP