नेपाल कम्युनिस्ट पार्टी( एमाले) मा नबौ महाधिशनबाट केपि शर्मा ओलि अध्यक्षमा निर्वाचित भएपछी अध्यक्षमा पराजित उम्मेद्वार नेता माधब नेपालको कारणले पार्टिमा गुटगत गतिबिधी मौलाएको देखिन्छ ।यहि समस्या हालका अध्यक्ष ओलि आठौ महाधिवेशनमा पराजित हुदा नि देखियो।भन्दा बिचारमा मत भेद भनिए पनि समस्याको कारण पदमा पुग्न गरिएको संघर्ष सफल नभए पछि आफुले चाहे अनुसार नभएपछि कुण्ठाले गुट बनाइ गतिबिधी गरेको पाइन्छ।पदमा बसिरहने इच्छा र हार स्विकार्न नसक्दा पार्टिहरुमा समस्या सिर्जना भएको देखिन्छ।
नेपालमा कम्युनिस्ट,काङ्ग्रेस लगायत सबैको साझा समस्या हो यो बिषय। नेकपा( एमाले)मा हाल देखिएको समस्याको मुल जड नबौ महाधिबेशन हो त्यसपछी माधब नेपालले आफ्नो समुहको नाममा गरेका लेनिनबादी सिद्धान्तका बिपरितका अराजक गतिबिधी र ओलिले पनि आफू अध्यक्ष हुनु अघि पार्टिमा आफू र आफू निकटकाले पार्टि संगठनमा ब्यहोर्नु परेको अपमानको बदला अथवा इगो हर्ट भएको देखिन्छ।यो तितो सत्य हो यहाँ कुनै बैचारिक ,सैद्धान्तिक मतभेद छैन यथार्थमा।
नेपाली जनताले कम्युनिस्ट माथी ठूलो आशा भरिसा गरेकाछन यसलाइ गत चुनाबमा कम्युनिस्टले पाएको मतले पुष्टि गर्छ।कम्युनिस्ट पार्टिको नेता निडर,साहसी र बोल्ड डिसिजन गर्नसक्ने हुदा कम्युनिस्ट पार्टिले आफ्नो स्थापना भएको ६८ बर्षपछि दुई तिहाइ ल्याएर ईतिहास रच्यो,एमालेले मात्रै झण्डै ४५ प्रतिशत मत ल्यायो।यो मत नीति र नेताको मेलबाट प्राप्त भएको हो।अदालतको निर्णय पछि नेकपा(एमाले)ब्युतिएपछी पार्टी अध्यक्ष ओलिले लिएका निर्णयहरुबाट पार्टी भित्रको बिबाद उत्कर्षमा पुग्यो।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुदा अध्यक्ष ओलि बिरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल,बरिस्ठ नेता माधब कुमार नेपाल लगायतले गरेको घेराबन्दी,आरोप पत्र पछि नेपाल र ओलिबिच ठूलो दरार सृजना भएको देखिन्छ।
नेता नेपालले दाहालसग लागेर ओलिको राजनिती सक्न खोजिएको अध्यक्ष ओलिको बुझाइ छ।यसरी लामो सहयात्राबाट सगै आएको सहयोद्धाले आफू बिरुद्ध गरेको गम्भीर असहयोगप्रती पार्टी अध्यक्ष ओलि असन्तुष्ट हुनु स्वभाबिक देखिन्छ किनकी माधब नेपाल पार्टि प्रमुख हुदा ओलि र ओलि पक्षका नेता तथा कार्यकर्तालाइ देशैभरी महत्वपुर्ण जिम्मेवारी नदिएको ,अपमानजनक ब्यवहार गरेको थुप्रै उदाहरण देखिन्छ।पछिल्लो समय त पार्टि अध्यक्ष बिरुद्ध बिरोध सभा,हस्ताक्षर सङ्कलन,गम्भीर आरोप लगाएर अभिव्यक्ति दिएको,पार्टी अध्यक्षलाई पार्टीबाटै साधारण सदस्य समेत नरहने गरि हटाएको,समामान्तर कमिटीहरु तल्लो तहसम्म बनाएको कारणले नेपाल समूह कार्वाहिमा परेको देखिन्छ।
यध्यपी देश र जनताका लागि राजनितो गरेका सबै पक्ष कम्युनिस्टले पाएको ऐतिहासिक मत त्यो मतले दिएको देशको नेतृत्व गर्ने अवसरको भरपुर सदुपयोग गर्न सबै प्रकारका स्वार्थ, कुण्ठा,इगो,हठ त्यागेर एक हुनु जरुरी छ र बिकास र समृद्धिको सफल यात्राको लागि यो अनिबार्य आवश्यकता पनि हो। नेपालको इतिहासमा सबैभन्दा लामो समय या नि कि पुर्ण अवधी ५ बर्ष सरकार सन्चालन गरेर देशमा राजनितिक स्थायित्व भएको विश्व समुदायलाइ देखाउनुपर्नेछ।यसले नेपाल प्रती अन्तरास्ट्रिय समुदायले हेर्ने दृष्टिकोण राम्रो बन्छ र सुखी नेपाली समृद्ध नेपाल बनाउने चाहना पूरा हुनसक्छ त्यसका लागि आधार तयार हुन्छ।
अबको करिब दुई बर्ष सकिन्छ सबै कम्युनिस्टको सहभागितामा सरकार निर्माण गरौ सकिन्न नेकपा(एमाले) को नेतृत्वमा रहेको सरकार पुर्ण अवधी चल्ने बाताबरण सिर्जना गरौ।सबैले पहिला सग्लो घर सुरक्षित रहे मात्र एकै घरमा बस्ने सबै सुरक्षित भइन्छ भन्ने सोचौ।एकछिनको रिसले लाखौ नेता कार्यकर्ताको राजनितिक भबिष्य अन्धकार नबनाऔ।हालसम्म आइपुग्दा पार्टिमा देखिएको बिबाद समाधान गरेर एक ढिक्का देशकै ठूलो पार्टी बनाउन कार्यदल बनेको अवस्थामा यसो गरे सबै पक्षको हित र पार्टिको हित हुनसक्छ।
सुझाबहरु यस प्रकार छन:-
(१) केन्द्रीय कमिटिको हकमा महाधिवेशन आयोजक कमिटी को हालको मोडललाइ निरन्तरता दिने र वरिष्ठ नेता लगायतलाइ कार्वाही फिर्ता गरि तत तत पदमा कायम गर्ने ,अध्यक्ष र महासचिब बाहेकका पदाधिकारीलाई स्थायी कमिटी सदस्य बनाउने र महाधिवेशनका लागि विभिन्न जिम्मेवारी दिने।पार्टिलाइ सकेसम्म सामुहिक निर्णय नभए बहुमतको निर्णयबाट सन्चालन गर्ने सहमती गरेर सिस्टम बसाउने।
(२) तल्ला कमिटिको हकमा हाल बनाइएका कमिटीलाई मान्यता दिने र २०७५ जेठ २ अघि बनेका सम्बन्धित कमिटिका पदाधिकारीलाई माथिल्लो कमिटिको सचिबालय सदस्य बनाउने र बाकिलाइ सम्बन्धित कमिटिको जुन पदमा रहेको थियो सोही पदमा कायम राख्ने।जिम्मेवारी सम्बन्धित कमिटिको एकीकृत सचिबालय बैठकबाट आवश्यकता र भुमिकाका आधारमा तय गर्ने।
(३) जनबर्गिय संघसंगठनको हकमा पनि पार्टी केन्द्रदेखि तल्लो तहसम्म अपनाइएको विधि अबलम्बन गर्ने।
(४)सबै कमिटिको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्ने आधार तयार गरि सुनिस्चितता सहितको समझदारी गर्ने।
(५)अब हुने महाधिवेशनमा अध्यक्ष पदमा बिगतमा आर्टी प्रमुख भएका कसैले नि दाबी नगर्ने समझदारी गराउने र पुर्ब पार्टी प्रमुखलाइ बरिस्ठ नेता बनाएर राख्ने र अबदेखि महाधिवेशनमा पराजित कसैलाइ नि अर्को अधिबेशन नहुन्जेल सदस्य नबनाउने।
(६)सरकारको पुनरगठन गर्ने र क्षमतावान बिगतमा मन्त्री नभएकालाइ पार्टिबाट निर्णय गरि मन्त्री बनाउने।
(७) पार्टिलाइ एकजुट बनाएर पार्टी सङ्गगठन निर्माणमा लाग्ने र तोकिएको समयमा अधिबेशन सम्पन्न गरि आउदो निर्वाचनमा पहिलो पार्टी बनाउने आधार तयार पार्ने।
(८) आवश्यक्ताका आधारमा सबै कमिटिमा बादल समुहको प्रतिनिधित्वका लागि त्रीपक्षिय समझदारी गर्ने।
(९)सम्झौता इमान्दारिताका साथ लागू गर्ने र सरकार सन्चालन पार्टिको निर्णय अनुसार गर्ने।
( एच एन धमला-केन्द्रीय सचिबालय सदस्य राष्ट्रिय युवा संघ नेपाल)
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP