कोरोना भाइरसका कारण भोजपुरमा एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका–९, पानीट्याङ्की ४२ वर्षिय पुरुष रहेका छन् ।
संक्रमितको अवस्था गम्भिर बन्दै गएपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । काठमाडौँको टिचिङ हस्पिटलमा राखेर उपचार गराउँदा गराउँदै गएराती उनको मृत्यू भएको पारिवारीक श्रोतले जनाएको छ ।
उच्च रक्तचाप, मधुमेहबाट पनि ग्रसित उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि गत वैशाख ३० मा जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना पुष्टि भएको थियो ।
जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७२ जना पुगेको छ । जसमा एकजनाको मृत्यू र एकजना निको भएका छन् । कोभिड १९ को उच्च जोखिम रहेको भोजपुरमा सबै सिमानाका र जारी निषेधाज्ञा कडा पारिएको जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै प्रशासनले अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न सर्वसाधरणलाई अपिल गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP