सुनसरीमा लकडाउन कडाः इटहरी, धरान र इनरुवामा नेपानी सेना परिचालन

सुनसरीमा लकडाउन कडाः इटहरी, धरान र इनरुवामा नेपानी सेना परिचालन

जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (शनिवार) देखि नेपाली सेना परिचालन गरिएको छ। सुनसरीमा कोरोना संक्रमितको संख्या अत्याधिक बढेको भन्दै स्थानीय प्रशासनले मुख्य शहर इटहरी, धरान र जिल्लाको सदमुकाम इनरुवामा सेना परिचालन गरेको हो

लकडाउन नियन्त्रणमा जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दासमेत सुरक्षाकर्मीहरुको संख्या कम देखिएकाले आवश्यकताअनुसार तीनवटा स्थानीय तहमा सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । लकडाउन नियन्त्रण गर्न परिचालन गरिएका सेनाका जवानहरुले रचनात्मक तरिकाले लकडाउन नियन्त्रणको काम गर्ने पनि प्रजिअ ढकालले बताए।

सेनाले धरान, इटहरी र इनरुवामा मूख्य बजार क्षेत्र, अति भीड हुने स्थान र राजमार्गमासमेत नियमित गस्ती गर्ने बताइएको छ। यस अगाडि बैशाख ३१ गतेसम्म गरिएको लकडाउनमा सुनसरीका धरान, इटहरी र इनरुवाका बासिन्दाले लककडाउनलाई पूर्ण पालना नगरेपश्चात जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सेना परिचालन गर्ने निर्णय गरिएको प्रजिअ ढकालले बताए। जेठ १५ सम्म गरिएको पूर्ण लकडाउनमा मेडिकल, एम्बुलेन्स र अतिआवश्यकबाहेकका सबै सेवा बन्द गर्ने गरिएको छ।

पूर्ण लकडाउनको समयमा जो कसैबाट उलघंन गरिए संक्रमण ऐन २०२० अनुसार पक्राउ गरी कार्वाहि गर्न प्रहरीलाई निर्देशनसमेत दिएको प्रजिअ ढकालले बताए।