इटहरीका ब्यबसायी घिमिरेले चीनदेखि अक्सिजन ब्याग, मास्क र सिलिण्डर ल्याउँदै

इटहरीका ब्यबसायी घिमिरेले चीनदेखि अक्सिजन ब्याग, मास्क र सिलिण्डर ल्याउँदै

कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढी रहेको समयमा सुविधा सम्पन्न भनिएका अस्पतालहरुले समेत अक्सिजन नभएको भन्दै विरामीहरु भर्ना गर्न नमानि रहेको समयमा निजी क्षेत्रको एसजी ग्रुपले चिनबाट अक्सिजन लगायतका स्वास्थ्य सामाग्री ल्याउने भएको छ ।
संक्रमितहरुको उपचारका लागि अत्यावश्यक रहेको अक्सिजन नपाउँदा मानिसहरुले ज्यान गुमाई रहेको तर्फ मध्यनजर गर्दै एसजी गु्रपले छिमेकी मुलुक चिनबाट अक्सिजन सिलिण्डर, अक्सिजन मास्क , अक्सिजन ब्याग लगायतका सामाग्री ल्याउने भएको हो ।
एसजी गु्रप नेपालका अध्यक्ष प्रतिष्ठित व्यवसायी तथा सामाजिक व्यक्तित्व शिवप्रसाद घिमिरेले अक्सिजनको अभावमा संक्रमितहरुले उपचार सेवा पाउनबाट बञ्चित हुनु नपरोस भनेर चिनबाट अक्सिजन ल्याउन लागेको जानकारी दिए ।

अध्यक्ष घिमिरेले पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन व्याग , ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर हवाइमार्गबाट सोमबारसम्म हवाई मार्गबाट काठमाडौं आइपुग्ने समेत वताए । उनले मुलुकमा अक्सिजन अभावले मानिसहरुको उपचारमा भयावह अवस्था आइरहेको समयमा मुनाफा नराखी अस्पताल तथा सरोकारवाला पक्षलाई लागत मुल्यमै उपलव्ध गराउने समेत जानकारी दिए ।
एसजी ग्रुपले चिनबाट ल्याउने अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २२ सय युनिट र अक्सिजन सिलिण्डर ४० लिटर क्षमताका २२ सय ५० युनिट जेठ ७ गते सम्ममा स्थलमार्गबाट नेपाल आइपुग्ने समेत जनाइएको छ । एजी गु्रपले आवश्यकता अनुसार थप स्वास्थ्य सामाग्रीहरु समेत ल्याउने भएको छ ।