नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिद्धारा इटहरीका सम्पुर्ण वडामा स्वास्थ्य सामग्री वितरण

दिप खबर
बैशाख ३१, २०७८

नेपाली कांग्रेसले इटहरी उपमहानगरपालिकाका २० वटै वडाका पार्टी सभापतिहरुलाई मास्क तथा स्यानिटाइजर वितरण गरेको छ ।

नेपाली कांग्रेसको कोभिड १९ अनुगमन समितिले देशभर नै कोरोना संक्रमण बढेको भन्दै कमजोर आर्थिक अवस्था भएकाहरुलाई करिब १ लाख ३० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेको अनुगमन समितिका सुनसरी जिल्ला संयोजक विकास केसीले बताए ।

उनका अनुसर प्रति वडा ६०० थान मास्क सर्जिकल मास्क र ५ लिटर स्यानिटाइजर वितरण गरिएको हो । कोरोना महामारीको पहिलो प्रभावको समयमा प्लाज्मा दान गरेको कांग्रेसले अहिले पूर्वतयारीस्वरुप स्वास्थ्य सुरक्षाका समग्री वितरण गरेको उनले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP