शुक्रवार इटहरीमा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरीका ५ का ७३ वर्षीय पुरुष र सोही ठाउँकी ७४ वर्षीय महिला रहेकी छिन् । ७३ वर्षीय पुरुषको उपचारका क्रममा विराटनगरको कोसी कोभिड अस्पतालमा मृत्यु भएको इटहरी अस्पतालले जानकारी दिएको छ । यस्तै ७४ वर्षीय सङ्क्रमित महिलाको घरमै मृत्यु भएको छ । यो संगैं इटहरीमा मात्रै कोरोना भाइरसका कारण १२ जनाको मृत्यु भएको छ ।
त्यस्तै गत २८ गते गरिएको ६९ जनाको परीक्षणमा ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाँकी ५ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । गत २७ गते गरिएको परीक्षणमा बार्कीँ एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो सगैं इटहरीमा कोरोना सङ्क्रमितको संङ्ख्या ८ सय ४२ पुगेको छ । हाल सम्म १ सय ६८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP