तरहरा जेसीजका महासचिव तथा नेपाली कांग्रेस इटहरीका नगर सदस्य नूतन लुईँटेलले आफ्नो जन्मदिनको अवसरमा तरहरा प्रहरी चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
फ्रन्टलाईनमा बसेर देश र जनताको सेवा गर्ने प्रहरीलाई कोरोना कहरमा बढी जोखिम हुने भएकाले दुई सय थान मास्क, दश थान फेसशिल्ड र पाँच लिटर सेनिटाइजर हस्तान्तरण गरेको लुईटेलले बताए ।
त्यस्तै, लिवरल सोसाइटी लाई दुई थान पीपीई, पञ्जा, मास्क, फेसशिल्डसहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP