इटहरीका एक पुरुषसहित विराटनगरमा थप ७ संक्रमितको मृत्यु

दिप खबर
बैशाख ३१, २०७८

विराटनगरका विभिन्न अस्पतालमा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा तीन, नोबेल अस्पतालमा तीन र विराट मेडिकल शिक्षण अस्पताल बूढीगंगामा एक संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विराटनगर–११ का ३८ वर्षीय पुरुष, विराटनगर–६ का ५६ वर्षीय पुरुष र इटहरी–५ का ७९ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको जनाइएको छ ।

यस्तै, महोत्तरीको पिपरा गाउँपालिका–१ का ७७ वर्षीय पुरुष, धरान–१ का ३८ वर्षीय पुरुष र धनकुटाको छथर–जोरपाटी गाउँपालिका–४ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ ।

विराटनगरका ४९ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको विराट मेडिकलको कोभिड अस्पतालका इन्चार्ज डा. सुनील देवले जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP