मोरङको लोहन्द्रा खोलाबाट बालुवा ल्याउँदै गरेको ट्याक्टरले च्यापेर चालककोे मृत्यु भएको छ ।
शुक्रबार बिहान को १ त ४९०२ नम्बरको ट्याक्टर बालुवा लोड गरेर खोलाबाट आउने क्रममा ग्रामथान गाउँपालिका–४ मा अगाडिको भागले च्यापिएर चालकको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार ट्याक्टरको अगाडिको भागको इन्जिन उठेर च्याप्दा चालक मोरङको कटहरी गाउँपालिका–७ घर भएका ३५ वर्षीय दिलकुमार मुडियारीको मृत्यु भएको हो । बिहानका राति १२ः३० बजेतिर भएको घटनामा परेर उनी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी राईले दिए । उनका अनुसार उकालो कच्ची सडकमा लोड धेरै भएकाले ट्याक्टरले तान्ननसक्दा दुर्घटना भएको पाइएको छ ।
मृतक चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला नपरेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP