कोरोना संक्रमणका कारण विराटनगरमा आमाछोराको मृत्यु

दिप खबर
बैशाख ३०, २०७८

कोरोना संक्रमणका कारण विराटनगरमा आमा छोराको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया आमा र ४२ वर्षीय छोराको मृत्यु भएको हो ।

वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएकी आमाको उपचारको क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ साढे ७ बजे मृत्यु भएको थियो । बिहीबार आमाको अन्त्येष्टि नसकिंदै दिउँसो २ बजे उनका ४२ वर्षीय छोराको पनि मृत्यु भएको वडाध्यक्ष विनोदकुमार बस्नेतले बताए ।

दुवै जनाको विराटनगर अस्पतालमा मृत्यु भएको हो । मृतकका बुबा पनि संक्रमित छन् ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि आमा छोरालाई नै विराटनगर अस्पताल विराट नर्सिङ्होममा भर्ना गरिएको थियो । मारवाडी समुदायका उनीहरु सुनचाँदी व्यवसायमा आबद्ध छन्।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP