प्रदेश १ मा थप १ हजार ३९ जनामा कोरोना संक्रमण

दिप खबर
बैशाख ३०, २०७८

प्रदेश १ मा आज (बिहीबार) १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दैनिक सङ्क्रमण सङ्ख्यामा यो अहिले सम्मकै उच्च हो।

मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, सङ्खुवासभामा ५४, सोलुखुम्बुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९–९, इलाममा ५, पाँचथरमा ३, तेह्रथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा १३० महिला र १६६ पुरुषसहित २९६, सुन्दरहरैचामा ३०, बेलबारीमा २९, उर्लाबारीमा १३, रतुवामाईमा ९, कटहरीमा ७, सुनबर्षीमा ४, केराबारी र जहदामा ३–३, पथरीशनिश्चरे, कानेपोखरी, रङ्गेली र धनपालथानमा २–२, ग्रामथान, बुढीगंगा र लेटाङमा १–१, झापाको बिर्तामोडमा ७७, मेचीनगरमा ३२, दमकमा ३१, अर्जुनधारामा २४, कनकाईमा २३, बुद्धशान्तिमा १८, शिवसताक्षीमा १५, कमल गाउँपालिकामा ११, भद्रपुरमा ८, गौरादहमा ७, बाह्रदशीमा ५, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, गौरीगञ्ज र कचनकवलमा १–१, सुनसरीको इटहरीमा ६८, धरानमा ५४, इनरुवामा ५, हरिनगर, दुहबी र स्थानीय तह नखुलेको ३–३, बर्जुमा २, भोक्राहा नरसिंह, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा १–१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि ताप्लेजुङमा फुङलिङमा ५७, मिक्वाखोला र याङवरकमा ६–६, श्रीजंगामा ४, मेरिङदेनमा ५, स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ३४, धर्मदेवीमा ९, चैनपुरमा ६, सभापोखरीमा ३, मादी र मकालुमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्डमा १३, नेचासल्यानमा ४, थुलुङ दुधकोशीमा २, महाकुलुङमा १, धनकुटाको धनकुटा नगरपालिकामा ११, छथरमा ३, महालक्ष्मी, पाख्रीवास र स्थानीय तह नखुलेको १–१, भोजपुरको भोजपुरमा ८, षडानन्दमा १, उदयपुरको त्रियुगामा ७, स्थानीय तह नखुलेका २, इलामको सुर्योदयमा २, माई, रोङ र इलाम नगरपालिकामा १–१, पाँचथर फिदिम, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको आठराईमा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ हजार ८५६ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार ६२७ सङ्क्रमणमुक्त भएका छन् ।

आज १५७ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १० हजार ६१४ पुगेको छ । प्रदेश १ मा आज २ हजार १६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४४० महिला र ५९९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP