सामाजिक संजाल फेसबुकमा सक्रिय ग्रुप इटहरी रकर्सद्धारा मायाघर नेपालमा खाद्यान्न सहयोग

दिप खबर
बैशाख २९, २०७८

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय ग्रुप इटहरी रकर्सले माया घर नेपाल इटहरीमा पुगेर मातातिर्थ औँसी मनाएको छ । असहायहरुको सहारा बनेको माया घर नेपालमा विशेषगरी महिला तथा बालिकासँगै ज्येष्ठ नागरिक महिलाहरु बस्दै आएका छन् । ग्रुपका सदस्यहरु मिलेर माया घरलाई खाद्य सामानहरु सहयोग गरेको ग्रुपका एडमिन रोसन सिग्देलले जानकारी दिए । त्यहाँ आवश्यक दाल, चामल नुनदेखि खाजाका सामान पनि सहयोग गरिएको उनले बताए ।

ग्रुपमा रहेका विभिन्न व्यक्तिबाट सहयोग गरिएको अर्का सदस्य अनिल पोखरेलले जानकारी दिए । उनले प्रत्येक महिना एकचोटि सदस्यहरुबाट रकम जुटाएर सहयोग गरिने बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP