राष्ट्रिय युवा संघ पथरी शनिश्चरे नगर कमिटीद्वारा अक्सिजन सहितको कोरोना सहायता कक्ष स्थापना

दिप खबर
बैशाख २८, २०७८

 कोरोना भाइरसको महामारी फैलिए सँगै सङ्क्रमण रोकथाममा राष्ट्रिय युवा संघ नेपालले विभिन्न तवरबाट सहयोग गरिरहेको छ । जसअनुरूप राष्ट्रिय युवा संघ नेपाल पथरी शनिश्चरे नगर कमिटीले पथरीशनिश्चरेमा अक्सिजन सहितको कोरोना सहायता कक्ष अर्थात् हेल्प डेस्क स्थापना गरेको छ । साथै सङ्क्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ पथरी अस्पताललाई १० सिलिन्डर अक्सिजन ग्यास, सेनिटाइजर, मास्क, खानेपानी लगायतका सामग्रीहरू हस्तान्तरण गरेको सङ्घका केन्द्रीय उपमहासचिव विजय डाँगीले जानकारी दिए । उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सङ्घका केन्द्रीय सचिवालय सदस्य नवीन पौडेलले युवा संघ सदैव जनताको साथमा भएकाले हरेक अवस्थामा साथ दिन तत्पर रहेको बताए । 
नगरपालिका कार्यालयले नगर अस्पतालमा कम्तीमा १५ शय्याको आइसोलेसन सञ्चालनको तयारी गर्दै नगरका २ वटा एम्बुलेन्स कोरोना बिरामी ओसारपसारमा निःशुल्क उपलब्ध गराउने तथा कनट्याक्ट ट्रेसिङका आधारमा दैनिक पीसीआर परीक्षण कार्य अघि बढाएको जनाएको छ । युवा संघ नेपालले सबै पालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरणका साथै निरन्तरता दिइरहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP