अब देखि कृषकले उत्पादन गरेको तरकारी इटहरी उपमहानगरले बिक्रि गर्न सहजीकरण गरिदिने

दिप खबर
बैशाख २८, २०७८

कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि इटहरी उपमहानगरले बिक्री गर्ने व्यवस्था मिलाएको छ । सरकारले निषेधाज्ञा जारी गरेसगैं किसानले उत्पादन गरेको तरकारी बिक्री नभई खेतबारीमै कुहिने अवस्था आएपछि उपमहानगरले बजार मूल्य भन्दा प्रतिकेजी २ रुपैंया बढीमा खरिद गर्ने व्यवस्था गरेको हो ।

सोमबार इटहरीमा किसान, इटहरी उपमहानगरका प्रतिनिधि र खरिद गर्ने ब्यवसायीसगँंको त्रिपक्षीय बैठकले यस्तो निर्णय भएको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

१ क्विन्टल भन्दा माथि उत्पादन गर्ने किसानको खेतमै पुगेर कम्पनीले जिम्मा लिनेछ । यस्तै १ क्विन्टल भन्दा कम उत्पादन गर्ने किसानलाई खरिद गर्ने व्यवसायीको कम्पनी इटहरी १ हलगडामा ल्याएर बिक्री गर्ने प्रबन्ध मिलाइएको उपप्रमुख गौतमको भनाई छ । उनले यसरी सिधा कृषक र व्यापारी जोडिँदा बजार मूल्य भन्दा प्रतिकेजी २ रुपैंया किसानलाई फाइदा हुने बताइन् ।

आफुँले उत्पादन गरेको तरकारी बारीमै खरिद गर्न व्यापारी आउने भएपछि किसान खुसी भएका छन् । बजार मूल्य भन्दा प्रतिकेजी २ रुपैंया बढी दिने निर्णयले म मात्रै नभई सम्पूर्ण किसान खुसी भएको इटहरी १ का विनोद कुमार चौधरीले बताए । बन्दाबन्दीको अवस्थामा कसरी तरकारी बिक्री गर्ने भन्ने समस्या परिरहेको अवस्थामा उपमहानगरले यस्तो निर्णय गरेपछि आफुँलाई हौसला मिलेको अर्का कृषक देव कुमार चौधरीले बताए । उनले सरकारले कृषकको समस्या बुझ्दा मनै देखि खुसी भएको बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP