इटहरीमा कोरोना संक्रमणका कारण ५५ वर्षीय महिलाको मृत्यु

इटहरीमा कोरोना संक्रमणका कारण ५५ वर्षीय महिलाको मृत्यु

इटहरी उपमहानगरपालिका वडा नं. ८ की एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नोबेल अस्पतालमा गएराति इटहरी ८ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।

संक्रमित महिलालाई केही दिन अघि कोरोना पुष्टि भएको थियो । उनको मृत्यु भएपछि ८ नं. वडा कार्यालयले वडाको केही क्षेत्र सिल गरेको छ । वडाध्यक्ष रोहित चौधरीका अनुसार विद्युत प्राधिकरणको कार्यालय आसपासका क्षेत्रमा सिल गरिएको हो ।

कोरोनाको जोखिम रहेकाले सिल गरिएको वडाध्यक्ष चौधरीले जानकारी दिए । कसैलाई पनि घर बाहिर ननिस्कनका लागि सूचना समेत जारी गरिएको उनले बताए ।

उनका अनुसार वैशाख २९ गतेसम्मका लागि वडाको उक्त क्षेत्र सिल गरिएको हो ।