लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिको वर्ष २०२१/२२ को अध्यक्षमा मुक्ति दाहाल चयन भएका छन् । लायन्स क्लब अफ इटहरि स्मार्ट सिटिको पाँचौ बोड मिटिङ्ग भर्चुअल माध्यम बाट बसेको बैठकले दाहाललाई सर्वसहमत अध्यक्ष बनाउने निर्णय गरेको हो ।
यस्तै प्रथम उपाध्यक्षमा राजन भेटुवाल, द्धितिय उपाध्यक्ष गणेश ओली, त्रितिय उपाध्यक्षमा शिव प्रसाद भट्टराई (भुपाल) चयन भएका छन् । सचिवमा कुशल विष्ट, कोषाध्यक्षमा गायात्रा दाहाल (भट्टराई) सह-सचिव सुजता बस्नेत, सह-कोषाध्यक्ष रञ्जना शर्मा (ढकाल) र क्लब एडमिनिस्टरमा अमिसा तिम्सिनालाई चयन गरिएको छ ।
यस संस्थाले दुखमा परेका निसहाय, आर्थिक अबस्था कमजोर भएका विपन्न परिवारलाई सहयोग गर्दै आएको छ । यस अघिको अध्यक्षमा लक्ष्मी बराल गौतम रहेकी थिइन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP