ओखलढुङ्गामा मादक पदार्थ सेवन गरी झगडा हुँदा एक जनाको मृत्यु

ओखलढुङ्गामा मादक पदार्थ सेवन गरी झगडा हुँदा एक जनाको मृत्यु

ओखलढुङ्गामा मादक पदार्थ सेवन गरि झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको खजिदेम्बा गाऊपालिका १ आरुबोट का ६० बर्षीय महेस कुमार खड्का सोही स्थान का ५० बर्षीय प्रेम वहादुर सुनुवारबीच कुटाकुट भएको थियो ।

मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमानै मृत्यु भएको हो । सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सुनुवार समेत घाईते भएकाले स्थानिय क्लिनिकमा उपचार पश्चात ईलाका प्रहरी कार्यालय खिजीफलाटेको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।