एरिना टेलिभिजनद्धारा एरिना अटो एम्बुलेन्स सेवा सुरु

एरिना टेलिभिजनद्धारा एरिना अटो एम्बुलेन्स सेवा सुरु

सामाजिक अभियान हाम्रो दायित्व भन्ने मुलमन्त्रका साथ शनिबार (हिजो) बाट एरिना टेलिभिजनले एरिना अटो एम्बुलेन्स सेवा सुरु गरेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेहरुलाई सुरक्षित राख्ने उद्देश्य सहित एरिना टेलिभिजनले एरिना अटो एम्बुलेन्स सेवा सुरु गरेको हो ।

इटहरी उपमहानगर पालिकाको सहयोगमा स्वास्थ्य सेवाको अभावमा परेकाहरुलाई सहयोग गर्ने योजनाका साथ यो कार्यको थालनी गरिएको इटहरी उपमहानगर पालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताइन् । इटहरी उमहानगरपालिकाले सेवाका लागि खटाएको दुई ओटा एम्बुलेन्स अपर्याप्त भएकाले अटो एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको उनको भनाई छ ।

यसैगरी उनले पाचँ ओटा अटो चालकहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्देै उपचार सेवा सुनसरीका अस्पतालहरुबाट सजिलै लिन सकिने पनि बताएकी छिन् । कोरोनाको बढ्दो संक्रमणसँगै विरामीहरुले एम्बुलेन्स नपाएर भौतारिरहनु परेको अभावलाई कम गर्न २४ घण्टा अटो एम्बुलेन्सको सेवा दिन थालिएको एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्कीले बताएका छन् । जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ५ ओटा अटो एम्बुलेन्स सेवाको थालनी गरिएको कार्कीले बताए ।

टेलिभिजन र सञ्चार माध्यम मनोरञ्जनात्मक माध्यम मात्र नभएर समाजिक सेवाको एक गतिलो माध्यम समेत बन्न सक्ने भन्दै उनले एम्बुलेन्स सेवा सुरु गरिएको बताए । यसैगरी कोरोना परिक्षण अर्थात पिसिआर टेष्ट गर्न चहानेहरुले पनि अटो एम्बुलेन्सको सेवा लिन सक्ने बताइएको छ । एरिना अटो एम्बुलेन्स सेवाको शुभारम्भ कार्यक्रममा इटहरी उपमहानगरका उप प्रमुख,एरिना टेलिभिजनका प्रबन्ध निर्देशक, इटहरी वडा नम्बर ९ की वडा सदस्य कुमारी न्यौपाने र अटो चालकहरुको उपस्थिती रहेको थियो