इटहरीका युवाको हत्यामा संलग्न २४ वर्षीय प्रकाश तामाङ पक्राउ

इटहरीका युवाको हत्यामा संलग्न २४ वर्षीय प्रकाश तामाङ पक्राउ

सुनसरीको इटहरीमा बिहीबार विहान मृत भेटिएका युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा इटहरी ६ बस्ने २४ वर्षीय प्रकाश तामाङ रहेका छन् ।

(बिहीबार) विहान इटहरी ६ स्थित ट्याङग्रा खोला पूर्व खाली जमीनमा नाम, थर, वतन नखुलेको अन्दाजी २७/२८ वर्षीय युवकको हत्यामा संलग्नलाई पक्राउ गरिएको हो ।

हेर्दा मंगोलियन जस्तो देखिने मृतक व्यक्तिको पहिचान हुन नसकेपनि दाहिने हातको नाडीमा दुःखी राई लेखिएको थियो । मृतक युवाको टाउको, अनुहारमा भारी बस्तुले प्रहार भएको देखेपछि उक्त घटनामा प्रहरीले सक्रियता देखाएको थियो ।

खोज तलास गर्ने क्रममा उनलाई इटहरी ६ स्थित धरान होटल ऐण्ड सेकुवा कर्नरको छेउमा बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले जानकारी दिए ।

पक्राउ परेका उनीमाथि सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।