नेपालमा थप ९ हजार १९६ मा कोरोना संक्रमण, ५० को मृत्यु

दिप खबर
बैशाख २४, २०७८

पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ, त्यस्तै २ हजार ९०५ जनामा संक्रमणमुक्त भएका छन् ।

शुक्रबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७८ हजार ६२९ पुगेको छ । जसमध्ये ७२ हजार ७६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै आईसीयूमा ७२८ जना र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कोरोना भाइरस संक्रमणबाट शुक्रबारसम्म ३५७९ जनाको मृत्यु भएको छ । त्यस्तै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

सबैभन्दा धेरै काठमाडौंमा ३०८९ जना, रूपन्देहीमा ७३० जना, ललितपुरका ६४३ र भक्तपुरका ३७४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कास्कीमा ३९३, दाङमा ३६६, चितवनमा ३४३, मोरङमा २७३, बाँकेमा २२२, काभ्रेपलाञ्चोकमा १८०, पर्सामा १३०,कैलालीमा १२५, झापामा २१६, धनुषामा १०६, बैतडीमा ११४, नवलपरासी पूर्वमा १००, सुनसरीमा ९८, नवलपरासी पश्‍चिममा ८७, गोरखा ८३, पाल्पामा ८० जना संक्रमित थपिएका छन् ।

यस्तै नुवाकोटमा ७९, मकवानपुरमा ६३, अछाममा ६२, पर्वतमा ६१, धादिङमा ५९, रौतहटमा ५४, दोलखामा ५१, ताप्लेजुङमा ४९, तनहुँ ४७, कञ्‍चनपुरमा ४५, म्‍याग्दीमा ४४, अर्घाखाँचीमा ४२, रामेछाप र स्याङ्जामा ४१/४१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा ४०, बारामा ३६, गुल्मी र डडेल्धुरामा ३०/३० जना, रसुवा र दैलेखमा २८/२८ जना, कपिलवस्तुमा २७, सर्लाहीमा २६, सिरहामा २५, बर्दिया र डोटीमा २४/२४ जना, सिन्धुपाल्चोकमा २३, लमजुङमा २२, सिन्धुलीमा २१, सप्तरीमा १६, धनकुटा र संखुवासभामा १५/१५ जना थपिएका छन् ।

यस्तै इलाममा ११, सल्‍यान १०, ओखलढुंगामा ९, प्‍युठानमा ७, तेह्रथुम र बागलुङमा ७/७ जना, उदयपुरमा ६, रोल्पा र सुर्खेतमा ५/५ जना, पाँचथरमा ४, भोजपुर, कालिकोट, जुम्ला, हुम्ला र दार्चुलामा ३/३ जना, थपिएका छन् ।

यस्तै सोलुखुम्बु, रूकुम पूर्व, जाजरकोट र बझाङमा २/२ जना तथा मनाङ र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्षमुनिका २०४ बालबालिका कोरोना संक्रमित थपिएका छन् भने १० देखि १९ वर्ष उमेर समूहका ६ सयजनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP