बिहीबार इटहरीमा भएको हत्यामा संलग्न एक ब्यक्ति पक्राउ, मृतक पुरुषको अझै पहिचान खुल्न सकेन

दिप खबर
बैशाख २४, २०७८

बिहीबार सुनसरीको. इटहरीमा सडक आश्रित युवाको हत्या आशङ्कामा एक जना व्यक्ति पक्राउ परेका छन् । इटहरी ६ स्थित टेङ्ग्रा खोलाको किनारमा अन्दाजी २६÷२७ उमेरको युवामाथि हतियार तथा भारी बस्तुले अनुहार र टाउकोमा प्रहार गरी हत्या भएको अवस्थामा बिहिबार बिहान शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीले ती युवकको हत्या आशङ्कामा सडक आश्रित एक जना युवालाईनै बिहीबार अनुसन्धानको लागि नियन्त्रणमा लिइएको हो ।

प्रहरी अनुसन्धानको क्रममा ति युवा हत्यामा संलग्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए । ती युवकले मादक पदार्थ सेवन गरेको विषयमा मृतक र आफूबिच विवाद भएको र हात हालाहाल हुँदा टाउकोमा ईटा प्रहार गरी हत्या गरेको स्विकार गरेको प्रहरी स्रोतले जनाएको छ। अनुन्धानका क्रममा पक्राउ परेका युवाको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । यता हत्या गरिएको शबको अहिले सम्म पहिचान हुन सकेको छैन । हातमा दुखी राई लेखेको भएपनि अझै सम्म वास्तविक नाम, थर, तथा ठेगाना पत्ता नलागेको प्रहरीले बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP