वरिष्ठ गायक तथा संगीतकार प्रधानको निधन

वरिष्ठ गायक तथा संगीतकार प्रधानको निधन

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको बिहीबार दिउँसो निधन भएको छ ।

८३ वर्षका प्रधानको सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा निधन भएको हो ।

छातीमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

गायक प्रधानको पाँचवर्ष अघि सन् २०१६ मार्च १५ मा हैमाटोमाको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात उनी निकै स्वस्थ देखिएका थिए ।

गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’ र ‘पर लैजाउ फूलहरु’लगायतका गीत लोकप्रिय छन् ।