सुनसरीको इटहरीस्थित पूर्व लाइनमा रहेको टेङ्ग्रा खोला नजिकै एक पुरुषको बिभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
विहिबार बिहान टेङ्ग्रा खोला पुल छेउमा एक पुरूषको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले जानकारी दिए ।
खोला पारी एक घरको छेउमा उक्त पुरुषको टोउको, आखाँ अन्य भागमा गहिरो चोट लागि मृत अबस्थामा भेटिएको थियो । घरको छेउमा झोला, कपडामा रगत देखिएको छ । तर मृत शब केही पर झाडीमा भेटिएकाले कुनै ब्यक्तिसगँ झडपबाट मृत्यु भएको हुन सक्ने प्रहरीको भनाई छ । अन्दाजी २८÷३० वर्षका देखिने ती पुरुष सडक मानव रहेको प्रहरीले अनुमान गरेको छ ।
उनको पहिचान खुलेको छैन । शबलाई अहिले पोष्टमाटमका लागि धरान स्थित वीपी प्रतिष्ठान लगिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी केसीले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP