विद्युत् प्राधिकारण इटहरी केन्द्रका अत्याबश्यक बाहेक सबै सेवा बन्द

दिप खबर
बैशाख २१, २०७८

नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रले अत्याबश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको भन्दै आज एक सुचना जारी गरी केन्द्रले जिल्ला प्रशासनको निर्णय पालना गर्दै प्रशासनिक कार्य बन्द गर्ने निर्णय गरेको हो ।

बैशाख २२ गते देखि ३१ गते सम्म केन्द्रको मर्मत, सबस्टेशन, नोलाइट, तथा मिटर सिकायत लगाायतका अत्याबश्यक सेवा बाहेकको सम्पुर्ण प्रशासनिक बन्द गरिएको कार्यालयले जनाएको छ ।
उक्त अबधिमा विद्युत् महशुल अनलाईन माफर्त तिर्न केन्द्रले आाग्रह गरेको छ । साथै कुनै समस्या भए कार्यालयमा टेलिफोन गर्न समेत केन्द्रले बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP