प्रदेश १ मा थप ६ सय ११ जनामा कोरोना संक्रमण

दिप खबर
बैशाख २१, २०७८

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जना कोरोना सङ्क्रमित थपिएका छन्।

संक्रमित हुने जिल्लामा मोरङमा २६६, झापामा १६६, सुनसरीमा १२७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, सङ्खुवासभा र धनकुटामा २(२ र प्रदेश १ बाहिरका २९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९० महिला र १०३ पुरुष सहित १९३, सुन्दरहरैचामा १५, कटहरी र बेलबारीमा १२–१२, बुढीगंगामा ९, धनपालथानमा ५, पथरीशनिश्चरेमा ४, मिक्लाजुङ , जहदा, रङ्गेली र सुनबर्षीमा ३÷३, उर्लाबारीमा २, रतुवामाई र ग्रामथानमा १(१, झापाको भद्रपुरमा ३६, बिर्तामोडमा ३८, दमकमा १९, मेचीनगरमा १६, कनकाईमा १२, गौराहदमा ११, अर्जुनधारामा ८, कमल गाउँपालिकामा ७, हल्दिबारीमा ६, बुद्धशान्ति, गौरादह र शिवसताक्षीमा ३(३, बाह्रदशीमा २, गौरीगञ्ज र स्थानीय तह नखुलेका १(१, सुनसरीको धरानमा ४९, इटहरीमा ३७, इनरुवामा १८, बर्जु, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा ४(४, दुहवीमा ३, हरिनगरमा २, भोक्राहानरसिंह र स्थानीयतह नखुलेका १–१, उदयपुरको कटारीमा ६, उदयपुरगढीमा ४ र स्थानीय तह नखुलेका १, इलामको सुर्योदय, माईजोगमाई, माई र इलाम नगरपालिकामा १÷१, ताप्लेजुङमा २, खोटाङको खोटेहाङ र साकेलामा १÷१, संखुवासभाको खाँदबारीमा २, धनकुटामा २ र प्रदेश १ बाहिरका २९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३४ हजार ५५२ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३१६ जनाको पीसीआर परीक्षण गरिएको छ।

परीक्षण गरिएका मध्ये २५५ महिला र ३५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP