कोरोना सङ्क्रमण बढ्दै गएपछि इटहरी अस्पतालको इमरजेन्सी बाहेकका सेवा बन्द, इटहरीबाटै पिसिआर परीक्षण सुरु

दिप खबर
बैशाख २०, २०७८

कोरोना सङ्क्रमणको दर दिनप्रतिदिन बढ्दै गएको भन्दै इटहरी अस्पतालले इमरजेन्सी बाहेकका जनरल डेन्टल ओपिडी र जनरल भिडियो एक्स-रे सेवा अनिश्चित कालका लागि बन्द गराएको छ । इटहरीमा कोभिड-१९ को दोस्रो लहर चलेसगैं स्थिति भयावह हुने भन्दै सेवाग्राहीसँग प्रत्यक्ष जोडिने सेवा गराएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर योगेश चेम्जोङ्गले अर्को सूचना नआए सम्मका लागि बन्द गरिएको बताए ।
कोरोना सङ्क्रमणको दर बढेसगैं अस्पतालले थप सावधानी अपनाएर सेवा दिइरहेको छ ।

कोरोना भाइरसको दोस्रो लहर चलेसगैं हाल सम्म इटहरीमा मात्रै २ सय ३७ जना रहेका छन् । यस्तै मृत्यु हुने ३ जना रहेका छन् । आजै (सोमबार) मात्र १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । कोरोनाको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएपछि मङ्गलवारबाट इटहरीमा पिसिआर पद्धतिबाट परीक्षण सुरु गर्ने इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP