नेकपा एमाले इटहरी ४ वडा कमिटिद्धारा कोरोना संक्रमणबारे टोलटाचेलमा फ्लेक्स तथा स्वास्थ्य सामग्री वितरण

नेकपा एमाले इटहरी ४ वडा कमिटिद्धारा कोरोना संक्रमणबारे टोलटाचेलमा फ्लेक्स तथा स्वास्थ्य सामग्री वितरण

नेपाल कम्युनिस्ट पार्टी (एमाले) इटहरी चार नम्बर वडा कमिटीले ‘गाउँगाउँमा सचेतना फैलाउने जानकारी मुलक फ्लेक्स तथा सवास्थ्य सामग्री वितरण गरेको छ ।

भीडभाड़ हुने चोकमा जनचेतना फैलाउने सामग्रीहरु फ्लेक्स बोर्डलगायत देखिने र पढिने सामग्री राखिएको वडा कमिटी अध्यक्ष सुनिल कार्कीले जानकारी दिए । कोरोनाको दोश्रो लहर चलेसगैं नेपालमा पनि भयावह अबस्था आएको भन्दै जनचेतना मुलक कार्यको आयोजना गरिएको अध्यक्ष कार्कीले बताए ।
वडाका १६ वटा टोलमा ती सामग्री राखिएका छन् । सचेतनाका सामग्रीसँगै कार्यक्रममा मास्क समेत वितरण गरिएको छ । स्थानीयहरुलाई स्वास्थ्य सामग्रीको प्रयोगका बारेमा सचेतना समेत गराइँदैछ । कार्कीले भने ।

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् इटहरी उप–महानगर कमिटिका अध्यक्ष यमकुमार सुब्बा, जिल्ला कमिटी सदस्य भजन पौडेल, नेकपा एमाले इटहरी नगर कमिटी सचिवालय सदस्य एवम् चार नम्बर वडा इञ्चार्ज जित पौडेल, सह–इञ्चार्ज विश्वेश्वर पोख्रेल, नगर कमिटी सदस्य यमुना चापागाईं, चार नम्बर वडा सचिव अमृत बस्नेत, सहसचिव भीममाया पाख्रिन, कार्यालय सदस्य गुरु सिग्देललगायतका नेता कार्यकर्ता टोलटोलमा सचेतना कार्यक्रममा खटिएका छन् । कार्यक्रम आगामी दिनमा पनि निरन्तर अघि त्रढाइने अध्यक्षको कार्कीको भनाई छ ।