सामाजिक सञ्जाल फेसबुकमा क्रियाशील युवाहरूको ग्रुप इटहरी रकर्सले एक आश्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
शनिवार इटहरीमा रहेको निःसहाय बालबालिका सेवा आश्रमका बालबालिकाहरूलाई कोरोना सङ्क्रमणको जोखिम अत्यन्त बढी हुने भएकाले सङ्क्रमण रोकथामका लागि ग्रुपले केही थान मास्क, स्यानिटाइजर हस्तान्तरण गरेको हो ।
करिब ५ हजार बढी क्रियाशील रहेको उक्त ग्रुपले पहिलो पटक ग्रुपका सक्रिय सदस्यले दिएको आर्थिक सहयोगले उक्त सामग्री हस्तान्तरण गरिएको ग्रुपका संस्थापक रोशन सिग्देलले जानकारी दिए ।
उनले युवाहरूको ग्रुप भएकाले नयाँ काम गरेर समाजलाई केही सहयोग गर्ने उद्देश्यले उक्त ग्रुप आफुँले खोलेको बताए । यसअघि विभिन्न तरिकाले ग्रुप चलाए पनि अबका दिनमा समाजप्रति समर्पित रहेको सिग्देलको भनाई छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै आश्रमकी प्रमुख गीता गौतमले यस्तो महामारीमा अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको खुसी व्यक्त गरिन् । गौतमले अहिलेको अवस्थामा चामल, दाल लगायत खाद्यान्न भन्दा पनि यस्ता सामग्रीको महत्त्व रहेको बताइन् । उनले समाजलाई परिवर्तनको बाटोमा हिँडाउने जिम्मा युवाहरूको हातमा रहेको बताउँदै आगामी दिनमा पनि ग्रुपले यस्ता राम्रा काम गर्दै जानेमा आफुँ विश्वस्त रहेको बताइन् ।
धेरै ठुलो सहयोग गर्न नसके पनि केही राहत महसुस हुने खालको सहयोग गर्ने ग्रुपका सक्रिय सदस्य अनिल पोखरेलले बताए । उनले भने ‘अब ग्रुपले आफ्नै नामको बैङ्क खाता खोल्नेछ । प्रत्येक सदस्य तथा दाताहरूले दिएको जति रकम खातामा जम्मा हुन्छ । त्यो रकम हरेक महिना एक सामाजिक कार्यमा सहयोग गरिने छ ।’
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP