एकै परिवारका ९ कोरोना संक्रमित मध्ये आमाछोराको मृत्यु भएपछि इनरुवाको महेन्द्रचोक सिल

दिप खबर
बैशाख १८, २०७८


सुनसरीको सदरमुकाम इनरुवाको महेन्द्रचोक क्षेत्र सिल गरिएको छ । तीन दिनको अवधिमा कोरोना संक्रमित २ जनाको मृत्यु भएपछि सुनसरी प्रशासनले सो क्षेत्र सिल गरेको हो ।

प्रशासनले एक सुचना जारी गर्दै अर्को सुचना नआएसम्मका लागि महेन्द्रचोक क्षेत्र सिल गरिएको बताएको छ । चोक क्षेत्र सिल गराउन नगर प्रमुख राजन मेहता स्वयं सो स्थान पुगेका थिए । उनले जोखिम बढेकाले सिल गर्ने निर्णयमा पुग्नु परेको भन्दै विषम परिस्थितिमा घरमै बसी कोरोना नियन्त्रणमा सघाउ पुर्याउन आग्रह गरेका छन् ।महेन्द्रचोकमा रहेको एक परिवारका संक्रमित ९ जना मध्ये तीन दिनको अवधिमा आमा छोराले ज्यान गुमाएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP