सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यरत आधा दर्जन कर्मचारीहरूमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण पुष्टि भएको भन्दै कार्यपालिकाको अति आवस्यकिय कामहरू बाहेक सबै सेवा बन्द गरिएको छ ।
उपमहानगर अन्तरगत कार्यपालिकाको आपतकालिन बैठकले आगामि बैशाख १९ गते देखि २४ गते सम्म लागु हुने गरि कार्यालयको अति आवस्यकिय काम बाहेक सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।
उपमहानगरको राजस्व शाखामा कार्यरत कर्मचारी र बिभिन्न शाखामा कार्यरत कर्मचारीहरूमा समेत कोरोना पुस्टि भएपछि सेवाग्राहिहरूमा पनि संक्रमण देखा पर्नसक्ने खतरालाइ मध्यनजर गर्दै उपमहानगरको अति आवस्यकिय सेवाबाहेकका सबै सेवाहरू बन्द गरिएको जनाएको छ ।
यस्तै यातायात व्यवस्था कार्यालय इटहरीले पनि बैशाख १७ गते राती देखि २४ गते सम्म सम्पुर्ण सेवा बन्द रहने जानकारी दिएको छ ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP