इटहरीमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा आयो

दिप खबर
बैशाख १७, २०७८


सुनसरीको इटहरीमा आगलागी भएको छ ।

शुक्रबार (आज) दिउँसो करिब ४ बजे इटहरी ८ विराटनगर लाइन स्थित कवाडी कारखानामा आगलागी भएको हो ।

आगलागीमा परी कारखानामा रहेका सम्पुर्ण प्लाष्टिक जन्य बोटल, मोटरसाइकलका टायर लगायतका कवाडी मालसमान पुर्ण रुपमा जलेका छन् । आगलागी नियन्त्रणका लागि सुनसरीका इटहरी, दुहबी, इनरुवा, धरान र मोरङका कानेपाखरी, उर्लाबारी, सुन्दरहरैंचा र विराटनगरबाट आएका ८ ओटा बारुण यन्त्रको सहायताले करिब ४ घण्टा पछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए । आगलागी के कारणले लाग्यो ? कति क्षति भयो भन्ने अनुसन्धान भईरहेको डिएसपी केसीले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP