एमाले सुनसरीले सोध्यो ५ जनप्रतिनिलाई स्पष्टीकरण

एमाले सुनसरीले सोध्यो  ५ जनप्रतिनिलाई  स्पष्टीकरण

पार्टी विधान विपरित कार्य गरेको भन्दै नेकपा एमाले सुनसरीले ५ जनाजनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ ।

एमाले सुनसरीले बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख कमला मगर, धरान १५ का वडाध्यक्ष नरेश इवारम, रामधुनी ५ का वडाअध्यक्ष डेगराज फुयाँल, इनरुवा ३ का वडा सदस्य सरोज बराल र इटहरीउपमहानगर कार्यपालिका सदस्य गौरीमान परियारलाई स्पष्टीकरण सोधेको हो ।

एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले केन्द्रिय निर्णय बमोजिम ५ जना जनप्रतिनिधिको हकमा स्पष्टीकरण सोधिएको बताउनु भयो । वहाँले पत्र बुझेको तीन दिन भित्र पार्टी कार्यालयमा उपस्थित भई स्पष्टिकरण दिन भनिएको जानकारी दिनुभयो ।

भण्डारीले पार्टी नेतृत्व र विधान विपरित गतिविधि गर्ने र फरक दलको अभ्यास गर्ने कार्यमा संलग्न जनप्रतिनिधिहरुलाई स्पष्टीकरण सोधिएको बताउनु भयो ।

स्पष्टीकरणमा पार्टी विधान विपरित कार्य गरेको पाइएकाले निर्वाचित भएको पदबाट समेत किन पदमुक्त नगर्ने हो भनि प्रश्न गरिएको छ । एमाले सुनसरीले जनप्रतिनिधिले पठाएको स्पष्टीकरण पत्र नबुझे वा समयभित्र स्पष्टीकरण नदिएमा स्वतः दल त्याग गरेको मानी सोही बमोजिम कार्वाही अघि बढाइने चेतावनी समेत दिएको छ ।