नेपालमा एकै दिन ४ हजार ५ सय २४ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

नेपालमा एकै दिन ४ हजार ५ सय २४ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु


नेपालमा एकै दिन ४ हजार ५ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । महामारीको दोस्रो लहरसुरू भएयता यो सङ्ख्या हालसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ८१ जनाको पीसीआर जाँच गर्दा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।
यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार दुई सय २५ पुगेको छ ।सङ्क्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको सङ्ख्या तीन हजार एक सय ९४ पुगेको छ ।