आर्थिक अनियमितता भएको भन्दै अनेरास्ववियुले लगायो शहीद स्मृति विद्यालयमा ताला

आर्थिक अनियमितता भएको भन्दै अनेरास्ववियुले लगायो शहीद स्मृति विद्यालयमा ताला


सुनसरीको इटहरी १९ मा रहेको शहीद स्मृति आवासीय विद्यालयमा सोमबार स्थानीयवासी सहित अनेरास्ववियु सुनसरीले लगाएको छ

विद्यालयलाई पार्टीगत गुटको राजनीति गर्दै लगेको र विद्यार्थीको भविष्यमाथि खेलबाड गरेकाले तालाबन्दी गरिएको अनेरास्ववियु सुनसरी जिल्ला अध्यक्ष रोसन रेग्मीले जानकारी दिए ।

विद्यालयमा अनियमितता भएको छ, सबै आर्थिक गतिविधि सत्य तथ्य सार्वजनिक गर्नुपर्छ, हामीले सूचनाको हक प्रयोग गरेर फेहरिस्त माग गरेका छौँ । आय व्यायको विवरण नदिए सम्म ताला खुल्दैन । ”

विद्यालयमा अनियमितता भएको भन्दै स्थानीयवासीले केही हप्ता अघि सङ्घर्ष समिति बनाएर छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालय, स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी समेत गरेका थिए । विद्यार्थीहरू नाराबाजी गर्दै विद्यालय परिसरमा पटक पटक आन्दोलनमा उत्रिएका थिए ।

अघिल्लो साता इटहरी उपमहानगरपालिकाको शिक्षा शाखाले विद्यालयमा भएको कुरा सोही ठाउँमा मिलाउन भन्दै विद्यालय व्यवस्थापन समिति, स्थानीयवासी र सरोकारवाला निकायलाई निर्देशन दिएको थियो ।

उपमहानगरपालिकाले निर्देशन दिए पनि हालसम्म समस्याको र्निक्यौंल ननिस्किँदा आन्दोलन उत्कर्षमा पुगेको छ । विद्यालय स्थापना भएको ११ वर्ष देखि हाल सम्मको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छैन ।आर्थिक अनियमितता भएको भन्दै विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मणिराम गिरीले विद्यालयका प्रधानाध्यापक र लेखा शाखा प्रमुखलाई मौखिक रुपमै विद्यालयबाट निश्कासित बनेपछि उक्त विद्यालयको विषयले फरक मोड लिएको छ ।