आफ्नै बुवाको हत्या अभियोगमा सुनसरीबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख ७ गते बुधबार (हिजो) घरायसी विवादका क्रममा तपेशको भाँडाले प्रहार गर्दा सुनसरी बराहक्षेत्र ९ का ३८ वर्षीय उपेन्द्र पौडेलको मृत्यु भएको थियो । हत्याको आरोपमा उनका छोरा १७ वर्षीय उमेश पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
तपेश प्रहारबाट उपेन्द्रको कोखामा लागेर गम्भीर घाइते भएको र उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा आज शुक्रबार विहान मृत्यु भएको हो ।
पक्राउ परेका उमेशको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP