भोक्राहा नरसिंह गाउँपालिका प्रमुख यादव महिला सहित होटलबाट रङ्गेहात पक्राउ

दिप खबर
बैशाख ८, २०७८

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका प्रमुख महेन्द्र प्रसाद यादव धरानको एक होटलमा महिला सहित रङ्गेहात पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार उनी धरान १३ स्थित डुकु होटलमा एक महिला सँग निर्वस्त्र रूपमा पक्राउ परेका हुन्।
इनरुवाकै एक महिलालाई जागिर लगाइ दिने प्रलोभनमा पारि होटलमा लगेर जबरजस्ती करणी प्रयास गरेको बताइएको छ ।

अध्यक्ष दिउँसो नै सरकारी गाडीमा होटल आएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।

अध्यक्ष यादवलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

उनी तत्कालिन संघिय समाजबादी नेपालबाट निर्वाचित भएका हुन्।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP