सुनसरीको सदरमुकाम इनरुवामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको भन्दै नगरपालिकाले आफ्नो क्षेत्रभित्रका बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख राजन मेहताले आइतबार विज्ञप्ति जारी गरी कोरोनालाई थप फैलन नदिन नगरभित्रका बिद्यालय बन्द गर्ने तथा सभा सम्मेलन, मेला, जात्राजस्ता मानिसको भिडभाड हुने कार्यहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी दिए ।
सर्वपक्षीय छलफलपछि नगरपालिकाले यो निर्णय गरेको हो ।
सरकारले संक्रमणको अवस्था हेरेर बिद्यालय तथा अन्य क्षेत्र बन्द गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई नै दिएपछि पहिलोपल्ट सुनसरीमा इनरुवा नगरपालिकाले त्यस्ता क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
नगरप्रमुखको वक्तव्यमा कोरोना जोखिम रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि नगरवासीलाई अनुरोध गरिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP