दाहाल प्रतिष्ठान इटहरी शाखाले रक्तदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार इटहरी–६ स्थित मितेरी होटल अगाडी गरेको रक्तदान कार्यक्रमबाट ५२ पिन्ट रगत संकलन गरिएको प्रतिष्ठानका आजिवन सदस्य एवं अनेरास्ववियु सुनसरी सचिवालय सदस्य युष्टल दाहालले जानकारी दिए । उनका अनुसार दाहाल प्रतिष्ठानले यस अघिदेखि नै विभिन्न सामाजिक काम गर्दै आएको छ ।
कार्यक्रममा प्रतिष्ठानले तयार गरेको भित्तेपात्रो समेत विमोचन गरिएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरिक्षक वंशिधर दाहाल, दाहाल महिला उपसमिति अध्यक्ष हेमा दाहाल लगायतको उपस्थिति रहेको थियो ।
महिला उपसमिति अध्यक्ष हेमा दाहालले देश विदेशमा रहेका दाहाल बन्धुहरुलाई एकताबद्ध बनाएर लैजाने कार्यमा प्रतिष्ठान अग्रसर भएको र विभिन्न सामाजिक कार्यमा समेत सक्रिय भएको बताइन् ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP