भोजपुर र तेह्रथुममा चट्याङ लागेर २ जनाको मृत्यु

भोजपुर र तेह्रथुममा चट्याङ लागेर २ जनाको मृत्यु


भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिनेका ९ बर्षीया बालिका रोहिता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरेका ६० बर्षीया मनमाया राई रहेका छन् । बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी बाँया साईडको टाउकोदेखि घाँटीसम्म जलेर अचेत भएकी थिइन् । उनलाई उपचारको लागि तयारी हुँदा हुदै राती सवा ११ बजे घरैमा मृत्यु भएको थियो ।

यस्तै, भोजपुरकी वृद्धा राईलाई बेलुका ६ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर बेहोस भएकी थिइन् । उनलाई टाउकोमा चोट लागेको थियो । उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको जनाएको छ ।