धरानमा खुल्यो १ करोडको लगानीमा तिन पाङ्ग्रे अटो शोरुम

धरानमा खुल्यो १ करोडको लगानीमा तिन पाङ्ग्रे अटो शोरुम

धरानः नयाँ वर्षको अवसरमा धरानमा १ करोडको लगानीमा चन्द्र सुर्य अटो मोटिभ्सले तिन पाङ्ग्रे अटोको शोरुमको सञ्चालनमा ल्याएको छ ।

बैशाख १ गते नयाँ वर्षको अबसरमा ग्राहकको बढ्दो मागको आधारमा शोरुम सञ्चालनमा ल्याइएको हो ।

ग्राहकलाई विशेष सुविधाको ब्यबस्था गरी शून्य ब्याजदर अथवा ,प्रत्येक अटो रिक्सा खरिदमा ४०“इन्ची को स्मार्ट टिभि या १ सय ९२ लिटरको फ्रीजको स्किम ल्याएको संचालक आयुश ढकालले जानकारी दिए ।

धरान १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लेको प्रमुख अतिथिमा जगदम्बा मोटर्स सेल्स अफिसरबाट चन्द्र सुर्य अटो मोटिभ्सलाई चाबी हस्तान्तरण गरिएको थियो ।

जगदम्बा मोटर्स आधिकारिक बिक्रेता चन्द्र सुर्य अटो मोटिभ्सले नयाँ वर्षको अवसरमा शून्य ब्याजदरमा टिभिएस अटो रिक्सा विभिन्न स्थानमा बिक्रीको स्किम ल्याएको हो ।

शून्य ब्याज दरमा सरल किस्ता सहित ल्याएको स्किममा र निःशुल्क फ्रिज तख पनि उपलब्ध गराउने जगदम्बा मोटर्सका क्षेत्रीय बिक्री अधिकारी कृष्ण घिमिरेले जानकारी दिए । उनले स्वरोजगारको अवसर दिलाउन शून्य ब्याजदरमा बिक्री शुरु गरिएको बताए ।

त्यस्तै सिटी सफारी सँग अटो एक्सचेन्ज गर्ने व्यवस्थाका साथै प्रत्येक अटो रिक्सा खरिद मा १ लाख बराबरको स्वास्थ्य बिमा दिने स्किम रहेको संञ्चालकको भनाई छ ।
उद्घाटनकै दिन ३ ओटा अटो बिक्रि भएको थियो भने ३ ओटा बुकिङ भएको छ ।