झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

दिप खबर
बैशाख २, २०७८


झापामा एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ ।

जिल्लाको शिवसताक्षी नगरपालिका १ दुधेमा बिहिबार बिहान ४ बजेर २० मिनेटमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना २१ च ७९८४ नम्बरको एम्बुलेन्स आँफै अनियन्त्रित भई दुर्घटना हुँदा ललितपुरका ३० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक घिमिरेलाई उपचारको लागि विएण्डसी अस्पताल लानेक्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा एम्बुलेन्सको सहचालक ललितपुर ७ बस्ने ३० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते भएका छन् । उनको विएण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP