मोरङ-सुनसरी सिचाई आयोजनाको नहरमा डुबेर इटहरीका दुई बालकको मृत्यु

मोरङ-सुनसरी सिचाई आयोजनाको नहरमा डुबेर इटहरीका दुई बालकको मृत्यु


सुनसरीको ईटहरी उपमहानगर १४ एकम्बा स्थित मोरङ सुनसरी सिचाई आयोजनाको नहरमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी ५ का १४ बर्षीय आयुष भुर्तेल र इटहरी ७ का १७ बर्षीय सायल चौधरी रहेका छन् । मंगलबार साझँ ६ बजे १० जना साथी-साथी घुम्न गएका थिए । नहर छेउ पुगेपछि पौडी खेल्ने निधो गरेर आयुस भुर्तेल नहरमा पसेका थिए । मुल नहर भएकाले उनी पसे लगत्तै पानीमा बेपत्ता भएका थिए । निकै बेर ननिस्किएपछि उनका साथी सायल चौधरी भुर्तेललाई निकाल्न नहरमा पस्दा उनी पनि बेपत्ता भएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ । उनीहरुको शबलाईं पोष्टमाटमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ ।