इटहरी । इटहरी उपमहानगरपालिकाले कृषक तथा कृषि समूहलाई पावर टिलर वितरण गरेको छ ।
तीन वटा कृषि सहकारी संस्था र छ वटा उत्कृष्ट कृषि फर्म संचालन गरेका कृषकहरुलाई उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमले पावरटिलर हस्तान्तरण गरेका हुन् ।
उपमहानगरको ७५ प्रतिशत अनुदानमा तीन वटा कृषि सहकारी संस्थालाई रिपर हेड सहितको पावर टिलर वितरण गरिएको हो । सो पावरटिलरले जोत्नका साथै धान गहुँ काटन समेत मिल्छ ।
सिद्धार्थ कृषि सहकारी इटहरी–१२, सनेस कृषि सहकारी इटहरी–१८ र अग्रणी कृषि सहकारी इटहरी–१४ लाई रिपर हेड सहितको पावर टिलर वितरण गरिएको हो ।
उत्कृष्ट कृषि फर्म संचालन गरेका कृषकहरु इटहरी–१८ का लाल वहादुर श्रेष्ठ , इटहरी–१७ कि अनुराधा कुमारी राउत , इटहरी–१४ का विक्रम कुमार चौधरी , इटहरी–१ का खेमराज पोखरेल , इटहरी–१५ का पुरनलाल चौधरी र गंगा ध्वज लाई पावर टिलर वितरण गरिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP