नेपालका ठुला १५ जिल्ला भित्रका विद्यालय १ महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

दिप खबर
चैत्र ३१, २०७७


नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ।

उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए।

‘काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्जसहित १५ वटा ठूला सहर छन्। यहाँ संक्रमण फैलन सक्ने भएकोले कम गर्न खोजेको हो। अहिलेको नयाँ भाइरस एकदम संक्रमणशील छ। त्यसैले एकैचोटी धेरै मानिस बिरामी भएर अस्पताल आए भने उपचार गर्न सकिँदैन,’ उनले भने।

उनले विद्यालयसहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि बन्द गर्न सिफारिस गरिएको बताए।

विद्यालय बन्द गर्ने प्रस्ताव पुगे पनि सिसिएमसीले भने अहिलेसम्म यसबारे ठोस निर्णय लिएको छैन।

पछिल्लोसमय कोरोना भारइसको नयाँ भेरियन्ट्स फैलिएको र यसबाट बालबालिकासमेत उच्च जोखिममा रहेको पाइएपछि मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको हो।

नयाँ भेरियन्ट्स एकदम छिटो सर्ने र १८ वर्षमुनिका बालबालिकामा पनि सजिलै सर्ने हुँदा विद्यालय क्षेत्र बढी जोखिममा परेको हो।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP