आगोमा जलेर तेह्रथुममा एक जना वृद्धाको मृत्यु भएको छ ।
सोमबार बिहान म्याङलुङ नगरपालिका– ३ नागदह बस्ने ७२ बर्षीया फुलमाया ढुंगानाको आगोले जलेर मृत्यु भएको हो ।
घर नजिकै आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो नजिकै रहेको बासझ्याङमा पुगेको थियो ।
बासझ्याङमा आगो सल्किएपछि निभाउने क्रममा सोही बासझ्याङमा खोल्सी परेको स्थानमा फुलमायाको शरीरको कपडा पुर्णरुपमा जलिसकी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP