मजदुर चढेको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु १९ जना घाइते

दिप खबर
चैत्र ३०, २०७७

चितवनको राप्ती नगरपालिका ११ चिउरीटार स्थित खोलामा ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा १९ जना घाइते भएका छ्न् ।

वडा कार्यालय ढलान गरेर फर्केका मजदुरहरु चढेको ना १ च ६२८२ नम्बर को ट्रयाक्टर दुर्घटना हुँदा १ महिला सहित ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जसमध्ये ८ जनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक सुर्य थापाले जानकारी दिए ।

थाकलटार बाट भण्डारा तर्फ आउँदै गरेको ट्र्याक्टर अनियन्त्रित भइ सडक बाट झन्डै १०० मिटर तल खस्दा दुर्घटना भएको हो। घाइतेहरुको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ३० जना भन्दा बढि सबार ट्र्याक्टरमा केहि सम्पर्क बिहिन हुन सक्ने आसंका गरिएको छ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP