ड्राइभरले नियतबस मारेको भन्दै मुचुल्का तयार गरेपछि गुरुङको शब राती १२ बजे उठाइयो

दिप खबर
चैत्र ३०, २०७७


सुनसरीको इटहरीमा ट्रिपरको ठक्करबाट मृत्यु भएका कर्णबहादुर गुरुङको शब १० घण्टा पछि आफन्तले उठाएका छन् । मुचुल्कामा घाइते भएका गुरुङलाई ड्रमइभरले ट्रिपर ब्याक गरेर मारेको उल्लेख गरेपछि आनफन्तले शब बुझेका हुन् ।

आइतबार दिउँसो २ बजेर १० मिनेटमा इटहरी १ गंगामार्गमा प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ८१ वर्षीय गुरुङको मृत्यु भएको थियो ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार दुर्घटनामा मृत्यु भएको १० घण्टापछि रातको १२ बजे मात्रै आफन्तले शब बुझेका हुन् । आक्रोशित स्थानीयले १० घण्टासम्म सडक अबरुद्ध पारेकाले समस्या उत्पन्न भएको थियो ।
मृतकका आफन्तले ब्याक गरेर मारेको, ड्राइभर र ट्रिपरलाई घटनास्थलमै ल्याउने पर्ने जस्ता माग राख्दै आएका थिए ।

‘ब्याक गरेर नियतबस रुपमै मारेको भन्ने मुचुल्का उठाएपछि मात्रै शव उठेको डिएसपी तिम्सिनाले जानकारी दिए । मुचुल्काको काम सकिएपछि राती नै शव धरानस्थित वीपी प्रतिष्ठान लगिएको छ ।’

मुचुल्कामा ट्रिपरले नियतबस रुपमै ब्याक गरेर मारेको र नियमअनुसार क्षतिपूर्ति पाउनुपर्ने भन्ने सहमति भएपछि शव उठेको प्रहरीले जनाएको छ । १२ बजे राति शव उठेपछि अबरुद्ध सडक सामान्य बन्दै गएको छ । सडक अबरुद्ध हुँदा यातायात सञ्चालनमा निकै कठिनाइ भएको थियो ।

आक्रोशित स्थानीयले एम्बुलेन्स बाहेक अन्य कुनै सवारी चल्न नदिदाँ इटहरी धरान सडकखण्ड दिनभर तनाबग्रस्त बनेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP