टिपरको ठक्करबाट इटहरीमा एक जनाको घटनास्थलमै मृत्यु, आफन्तले गरे सडक चक्काजाम

टिपरको ठक्करबाट इटहरीमा एक जनाको घटनास्थलमै मृत्यु, आफन्तले गरे सडक चक्काजाम


सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा स्थानीय पैदल यात्री एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इटहरी १ गंगामार्गमा भएको दुर्घटनामा ७५ वर्षीय कर्ण बहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार आइतबार दिउँसो इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८६६५ नम्बरको टिपरले ठक्कर दिएको हो । ठक्कर दिने सवारी र सवारी चालक इटहरी १९ का २९ वर्षीय अनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपरले जानीजानी ब्याक गरी मारेको भन्दै आफन्त र स्थानीयले इटहरी धरान सडक खण्ड पूर्ण रूपमा बन्द गराएका छन् ।