नेकपा एमाले ‘माधव नेपाल समूह’ ले गर्यो युवा सङ्घ सुनसरी जिल्ला कमिटी बिस्तारः अध्यक्षमा भट्टराई

दिप खबर
चैत्र २८, २०७७

नेपाल कम्युनिष्ट पार्टी एमाले समर्थक युवा सङ्घले सुनसरी जिल्ला कमिटी घोषणा गरेको छ । माधव कुमार नेपाल समूहले छुट्टै कार्यक्रमको आयोजना गरी ब्रम्हज्ञ भट्टराईको अध्यक्षतामा जिल्ला कमिटी घोषणा गरेको हो ।
शनिवार इटहरीको लायन्स क्लबमा युवा सङ्घ जिल्ला कमिटी घोषणा तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी माधव नेपाल समु्हका युवा सङ्घ केन्द्रीय अध्यक्ष नरेश शाहीको प्रमुख आतिथ्ययतामा कार्यक्रम गरिएको थियो ।

जिल्ला उपाध्यक्षमा सुरज भण्डारी, सचिव विजय लिम्बु, उपसचिव मनिष काफ्ले रहेका छन् । त्यस्तै कोषाध्यक्ष समिम आलम चयन भएका छन् । भेलाले धरान उपमहानगरपालिका अध्यक्षको जिम्मेवारी कुमार भारतीलाई दिएको छ । इनरुवा नगरपालिका अध्यक्ष प्रदीप खड्का, दुहबी नगरपालिकामा अध्यक्ष राम राई रहेका छन् । यता देवानगन्ज गाउँपालिका युवा सङ्घ अध्यक्षमा गणेश प्रसाद यादवलाई चयन गरिएको युवा सङ्घ जिल्ला सचिव विजय लिम्बुले जानकारी दिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि युवा सङ्घका केन्द्रीय अध्यक्ष शाहिले पूर्व एमाले र पूर्व माओवादी ब्युँतिएपछि पुरानै अवस्थामा रहेको एमालेलाई केपी ओलीले टुक्रा टुक्रा पारेको आरोप लगाए । उनले गत फागुन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफुँखुसी आफ्नो भजन गाउनेलाई पद दिदैं हिँड्ने, नेताहरूलाई कारबाही गर्ने, शक्तिको घमन्ड गर्ने जस्ता कार्यले नेकपा एमाले आज यस्तो हालतमा आएको बताए ।
शाहिले दुवै तर्फबाट कमिकमजोरलाई हटाएर नेकपा एमाले पार्टीलाई गति नदिए ओलीको दम्भ १ वर्ष पछि सबै सकिने र त्यसपछि पालो हाम्रो हो, उनले भने । कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष रमेश बस्नेत, नेताहरू सञ्जीव राई लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थित रहेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP